बुटवल, १८ चैत । ईलाका प्रहरी कार्यालय बुटवलको परिसरमा बेलायत सरकारको सहयोगमा एसपिएस अन्तगत युएनओपिएस द्धारा नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको एक समारोहका बिच नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले उद्घाटन गर्दै आधुनिक प्रहरी सेवाको झल्को दिने गरि प्रविधिमैत्री शहर विकास आजको आवश्यकता भएको बताए । ‘परम्परागत शान्तिसुरक्षाको साधनश्रोतबाट मात्र सम्बोधन गर्न सक्ने सम्भावना छैन उनले भने ।
अब शहरलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको उनले तर्क दिए । आफु इलाका प्रहरी कार्यालयमा प्रमुख भएर आउदाको अवस्था र अहिलेको अवस्थाबारे तुलना गर्दै पूर्वाधारमा बिस्तारै गति लिदै गएको बताए । नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विकास, प्रशिक्षण र समुदायसंगको सहकार्य बढाउनका लागि विभिन्न परियोजनामार्फत निरन्तर सहयोग गर्दै आएको उनले बताए । भवनहरुको आवश्यकता प्रहरीका २६६० स्वीकृत भएको युनिटमध्ये आधाको भवन नरहेको उनले बताए ।
सबैभन्दा बढी मोबिलिटी हुनुपर्ने प्रहरीमा नागरिकप्रतिको उत्तरदायित्वका कारण साधन नहुदा पनि निरन्तर काम गर्दै आएको छ । नागरिकहरुको साथ र सहयोगबाट उत्साह भने थप्न सफल रहेको उनले बताए । सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुने वातावरण सृजना हुनेछ ।
एउटा ब्यक्तिको समस्या लिएर धेरै ब्यक्तिको भिड लाग्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको उनले बताए । पिडित ब्यक्तिको समस्या सुन्ने र सम्बोधन प्रहरीबाट हुने छ । विचौलियहरुको नाममा रोटी सेक्ने कामको अन्त्य हुनेछ । निवेदनको नाममा पैसा असुल्ने काम रोक्न उनले निर्देशन दिए । ‘देशभरमा मुद्घा चल्ने २२५ युनिटलाई मेरो निर्देशन हो ’उनले भने ।
यहाका सामाजिक संस्थाहरुसंग सहकार्यमा निशुल्क निवेदन लेख्ने वातावरण तयार गर्न उनले आग्रह गरे । युनेक्सले देशभरमा ४२ वटा भवन निर्माण गरि हस्तान्तरण गरिसकेको तथा १० वटा तयारी अवस्थामा रहेको उनले बताए ।
कार्यक्रममा सहयोगदाता संस्थाका स्ट्रकचर म्यानेजर शिशिर उपाध्यायले दातृराष्ट्रको सहयोगमा शान्ति सुरक्षा र पूर्वाधार निमार्णमा सहयोग हुदै आएको बताए । अहिले बनेको संरचना २८७.२५ वर्गमिटर क्षेत्रफलमा तयार भएको भन्दै उनले समुदायसंगको लामो सल्लाहसुझाव लिएर यो भवन निमार्ण भएको बताए ।
यहा सेफ हाउस लग्न वा नातेदारसम्म पुर्याउनुभन्दा अघि पिडित आश्रय कक्षमा राख्न सकिने र यो अपाङमैत्री भवन तयार भएको उनले बताए । कुल २ करोड ४१ लाख रुपैया लागतमा भवन निर्माण भएको छ । बालबालिकाहरुलाई प्ले ग्राउण्ड, भान्सा कोठा, हाईब्रिड सोलार सिस्टमबाट विधुत उपभोग हुने छ । देशभरमा ६३ वटा भवनहरु हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यो भवनबाट लक्षित वर्गलाई थोरै भएपनि मद्यत मिल्ने बताए । स्थानिय सरकारबाट आगामी दिनमा निमार्ण भएको भवनबाट दिईने सेवामा सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।




















