बुटवल, १३ चैत ।
विश्व बजारमा भित्रिएका नया प्रविधिको प्रदर्शन गर्ने गरि बुटवलमा दुई दिने क्यान बिटुसि समिट २०२६ शुरु भएको छ । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान) रुपन्देहीको आयोजनामा मिलनचोकस्थित सिद्धार्थ कटेजमा शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले औपचारिक उद्घाटन गरे । प्रविधिमैत्री कार्यक्षेत्र आजको आवश्यकता भएको भन्दै उनले यस्ता कार्यक्रमबाट धेरै सिकाई हुने बताए ।
क्यानका केन्द्रिय अध्यक्ष सुनयना पाण्डे, टाईटल स्पोन्सर डिजिटल कर्नरका शशि सिग्देल, क्यानका केन्द्रिय सचिव नारायण श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष नारायण प्रसाद खनाल, क्यान रुपन्देहीका चार्टर अध्यक्ष नवराज कुवँर, पूर्व अध्यक्ष रामुदेव गौतमले प्रविधिको महत्व र आजको आवश्यकता बारे बताए ।
कार्यक्रममा कम्प्युटर एशोसियन अफ नेपाल (क्यान) रुपन्देहीका अध्यक्ष जिवन अधिकारीले विश्व बजारमा भित्रिरहेको नया प्रविधिबारे एउटै थलोमा जानकारी लिने र बुझन सकिने गरि समित गरिएको बताए । पछिल्लोसमयको नया र एआई बिल्टका हार्डवेयर र सफटवेयर उत्पादनहरु समिटमा राखिने उनको भनाई छ ।
डिम्यास ईलिष्टा रयापो, क्लाउड लिक प्रालि, एचएमसी डाउहा र हिक्सि, हन्टकी पिएन वाई, सनसाईट टेन्डी, सिफट टेक्नोलोजी प्लस प्रो, डिजिटल सप्लायर्स सार्प, सागर एक्स ल्याब, भट्रेक्स पेन्टमसहित लोकल उत्पादन केयर सिस्टम वर्क, टिपि लिक, युसप, सास्वात, डाईनामिक, सिएसआईटी, मारिया एजुकेसन लगायतका उत्पादकहरुले आफना उत्पादन उपभोक्तालाई डेमोट्सन र ईन्टरनेट पार्टनर ब्रोडलिक रहेको छ ।
२१ वटा स्टल रहने दुई दिनसम्म चल्ने समिटमा पाच हजार उपभोक्ताहरु लाभान्वित हुने आकलन रहेको सचिव सुरेश भट्टराईले बताए । समिटमा एआई बिल्ट भएका नया उत्पादनहरु उपभोक्तालाई हेर्न र बुझन पाउछन भने बुकिङमा छुट समेत पाउने छन । दोस्रो दिन अन्तरक्रिया कार्यक्रम समेत हुने उनले बताए ।




















