काठमाडौं,१३चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहण राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२ः३४ बजे हुने तय भएको छ।




















