बुटवल, ६ चैत । बुटवलमा जारी महामेला अन्तर्गत सञ्चालन भइरहेको सांस्कृतिक कार्यक्रममा दर्शकको उल्लेख्य चाप बढ्दै गएको छ। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति आकर्षणको केन्द्र बनेको छ।
शुक्रबार हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक हेमन्त शर्मा र श्याम रानाले सांगीतिक प्रस्तुति दिने सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले जानकारी दिए।
फर्वाड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा बुटवलको देवीनगर रंगशालामा चैत १ गतेदेखि २४ गतेसम्म महामेला सञ्चालन भइरहेको छ।
मेलामा विभिन्न आकर्षक संरचना तथा जोनहरू निर्माण गरिएका छन्। सेल्फी जोन, टिकटक जोन, शिव मूर्ति, लुम्बिनी शैलीको सचिवालय, अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ तथा कतारको ‘बुर्ज खलिफा’ जस्ता संरचनाले दर्शकको आकर्षण बढाएको मेला मूल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले बताए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















