Spread the love

काठमाडौं, ६ चैत । प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको शपथ कार्यक्रम चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने भएको छ।

संघीय संसद सचिवालयद्वारा जारी सूचनाअनुसार नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई प्रति फोटोसहित कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरिएको छ।

सचिवालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आफ्ना जिल्लाका निर्वाचित सांसदहरूलाई उक्त सूचना जानकारी गराउन समेत आग्रह गरेको छ। साथै, नेपाली भाषा बाहेक मातृभाषामा शपथ लिन चाहने सांसदहरूले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रमभन्दा तीन दिनअघि सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्