बुटवल, ३ चैत ।
बुटवलस्थित स्कलर्स होम स्कुलले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै २ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको छ । सोमबार सम्झौतापत्रमा विद्यालयका प्राचार्य बाबुराम बन्जाडे र ईसेवा इन्सुरेन्सका प्रतिनिधिबीच हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार विद्यालयमा अध्ययनरत सबै विद्यार्थी तथा कार्यरत शिक्षक र कर्मचारीले दुर्घटना बीमा सुविधा पाउनेछन् ।
विद्यालयका अनुसार यो पहलले सम्पूर्ण विद्यालय परिवारको सुरक्षा, संरक्षण र कल्याणप्रति संस्थाको प्रतिबद्धता झल्काउने विश्वास लिइएको छ । सुरक्षित र हेरचाहपूर्ण सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए । विद्यालयमा हाल अध्ययरत ११ सय विद्यार्थी तथा १ सय जना शिक्षक, कर्मचारीहरुले यो सुविधा पाउने छन ।





















