Spread the love

काठमाडौं, २ चैत । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरू माइतीघरमा धर्नामा बसेका छन्।

जेनजी मुभमेन्ट अलायन्ससहित विभिन्न समूहमा आबद्ध युवाहरूले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबार माइतीघरमा धर्ना दिएका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ? ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्