Spread the love

काठमाडौं, २ चैत । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरू माइतीघरमा धर्नामा बसेका छन्।

जेनजी मुभमेन्ट अलायन्ससहित विभिन्न समूहमा आबद्ध युवाहरूले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबार माइतीघरमा धर्ना दिएका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ? ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्