Spread the love

बुटवल, २ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै दलित मुक्ति मोर्चा रूपन्देहीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मोर्चाले आइतबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेको हो ।

नेपाल दलित मुक्ति मोर्चाकी फ्याक्सन इन्चार्ज तथा पूर्व सांसद दीपा विश्वकर्मा, दलित मुक्ति मोर्चा रूपन्देहीका अध्यक्ष धुर्व लामगादे, सचिव छबि नेपाली तथा मोर्चाका केन्द्रीय सदस्य खड्क कौसल लगायतले जिल्ला प्रशसन कार्यलयमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन । मोर्चाले उक्त घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्