Spread the love

बुटवल, १ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी अवैध रूपमा ल्याइएका करिब ११ लाख ५२ हजार ७२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । प्रहरीका अनुसार चैत १ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा केरा, ब्रोइलर कुखुरा, सुर्ती, किराना सामग्री, फलफूल तथा अन्य सामानहरू बरामद गरिएको हो ।

बरामद गरिएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय भैरहवाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए । प्रहरीले बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जबाट करिब ८ लाख रुपैयाँ बराबरको बा १३ च ८३५५ नम्बरको बोलेरो पिकअपसहित २५०० केजी केरा बरामद गरेको छ ।

त्यस्तै रोहिणी गाउँपालिका–२ मैनिहवाबाट करिब ६८ हजार ७ सय रुपैयाँ बराबरको लु २६ प ३७८९ नम्बरको मोटरसाइकलसहित विभिन्न किराना सामग्री बरामद गरिएको छ ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारबाट युपि ५५ एफ ०२०८ नम्बरको मोटरसाइकलसहित १३८ केजी ब्रोइलर कुखुरा, वडा नं. १२ तेलारपुलबाट १५ केजी सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी सिद्धार्थनगर नगरपालिकाका विभिन्न स्थानबाट ७ सय केजी केरा, १६ वटा ब्रोइलर कुखुरा, केरा र सिम्लामिर्चसहितका खाद्य सामग्री, पटका, फलफूल तथा फूलका बिरुवा बरामद गरिएको छ ।

त्यसैगरी मायादेवी गाउँपालिका–६ बेथरीचोकबाट विभिन्न किचन सामग्री पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्