Spread the love

बुटवल, २८ फागुन ।

‘सबैका लागि मृगौलाको स्वस्थ्य’ नारासहित २० औ विश्व मृगौला दिवस रुपन्देहीमा सचेतनामुलक साईकल रयाली गरि मनाईएको छ । वर्षमा एक पटक मृगौला जाचौ, आफनो मृगौला बचाऔ भन्ने अभियानलाई सार्थकता दिने गरि विहिबार साइकल रयाली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

केन डाईबेटिज एण्ड थाईरोईड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाईटेड साईक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको आयोजनामा भएको साईकल रयाली कालिका मानवज्ञान माबिबाट शुरु भएको थियो । रयाली बुटवल नगर परिक्रमा गरि रामनगर हुदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा शक्ति  बस्नेतले विश्व परिवेशमा नै मृगौला समस्या हुने संख्या बढ्दो रहेको बताए । ‘विश्वमा ७८ करोड जनसंख्या मृगौलाको समस्या भएका ब्यक्ति छन ।’– उनले भने । यसमा नेपाल पछि नरहेको भन्दै उनले नेपालका कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै किसिमको मृगौलोका समस्या रहेको उनले बताए । विशेष गरि मधुमेह र उच्च रक्तचापको कारण मृगौला खराबी हुने उनले बताए । खानपिन र ब्यायामबाट धेरैमात्रामा दुबैलाई रोकथाम गर्न सकिने उनले बताए । मृगौला उपचार धेरै खर्चिलो हुने हुदा परिवारमा एउटा बिरामी भएमा परिवार नै बिरामी मानिने उनले बताए ।

‘मृगौला खराब हुनभन्दा यसको रोकथाम जरुरी छ ।’–उनले भने । यसका लागि सचेतनाका कार्यक्रमलाई समुदायमा लैजानुपर्ने उनको सुझाव छ । ‘मानिसहरुको हेरचाह गर्दै पृथ्वीको रक्षा गरौ ।’– नारा सार्थक हुने गरि प्रत्येक वर्ष मृगौला परिक्षण गरेमा पनि ठूलो समस्या बेलामै टर्ने उनको तर्कछ । मृगौला साईलेन्स किलेर भएको भन्दै यो ९० प्रतिशत खराब भएपछि मात्र थाहा लाग्ने हुदा धेरै जोखिमपूर्ण हुने बताए ।

कार्यक्रममा केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले आफनै परिवारमा मृगौला रोगबाट परेको समस्याको उदाहरण दिए । आआफनो क्षेत्रबाट थोरै भएपनि सचेतना जगाउने अभियानमा सबैको हातेमालो जरुरी रहेको उनले बताए । पछिल्लो समयमा केनमा उपचार गर्न आउने मधुमेहको बिरामीहरुमध्ये करीब ४ सय बढीको मृगौला बचाउन सफल भएको उनले बताए । ‘केनमा उपचार गरेपछि मृगौला जोगिन्छ भन्ने हामीले छाप छोडेका छौ ।’–उनले भने । मृगौला खराब भएपछि डायलोसिस गर्नुपर्ने भएपनि यसलाई बिकल्प मान्न नसकिने उनले बताए । ‘डाईलोसिस रोक्नुपर्छ भन्ने अभियान हामीले चलाउन जरुरी छ ।’– उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नेफ्रोलोजी विशेषज्ञ डा. अब्दुल सबूर खानले मृगौला रोगको उपचारसंगै रोकथामको अभियान चलाउनुपर्नेमा जोड दिए । एउटा ब्यक्तिको मृगौला बचाउनु भनेको परिवारको ठुलो सम्पत्ती जोगाउनु बराबर नै हुने उनको तर्क छ ।

कार्यक्रममा क्लबका अध्यक्ष उत्तम श्रेष्ठले कुनै पनि ब्यक्तिलाई निरोगी बनाउन साईक्लिङ धेरै उपयुक्त माध्यम भएको बताए । पछिल्लोसमय यस क्षेत्रमा साइक्लिङमार्फत विभिन्न दिवसमा सचेतना जगाउने गरि अभियान गर्दा धेरै प्रभावकारी देखिएको बताए । कार्यक्रममा दुई दर्जन बढी साईक्लिस्टहरु सहभागी भएका थिए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्