बुटवल, २८ फागुन ।
विश्व शान्तिको लागि महाकाली देखि मेची साईकल यात्रामा निस्केका साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ । बुटवलमा क्रियासिल साइक्लिष्टहरुले विहिबार स्वागत तथा यात्राको शुभकामना दिए ।
यात्राको चौथो दिन उनिहरु बुटवल आईपुगेका हुन । पाल्पाका ३ जना साइक्लिष्टहरु विज्ञान बज्राचार्य, सुविनमान बजाचार्य, सान्त्ममान थैवले फागुन २५ गते महेन्द्रनगर चादनी दोधाराबाट पुलबाट यात्रा शुभारम्भ गरेका हुन ।
नेपाल साईक्लिङ संघका केन्द्रिय उपाध्यक्ष स्वस्तिक श्रेष्ठ, पाल्पा जिल्ला साइक्लिङ संघका अध्यक्ष रुपेश मर्हजन, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सदस्य दिपक कार्की, रबिलाल सुवेदी, बुटवल साईकल ग्रुपका अध्यक्ष शिव चौधरीले खादामालासहित स्वागत गरे ।
विश्वमा नै चलेको युद्ध रोक्न र शान्तिको कामना सहित यात्रा थालेको यात्राका संयोजक विज्ञान बज्राचार्यले बताए । ‘हामीले १० दिनमा यात्रा सक्ने योजना रहेको छ ।’–उनले भने । यात्राको क्रममा ठाउठाउमा गरिएको स्वागत र सम्मानले उर्जा थपेको उनले बताए ।





















