बुटवल,२३ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजङ्ग थापा निर्वाचित भएका छन् । थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै विजयी भएका हुन् । डा. थापाले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछि पार्दै रुपन्देही–३ मा विजय हासिल गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरेका छन् ।





















