Spread the love

बुटवल, २२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार हालसम्म ३१ हजार ३२१ मत गणना हुँदा खरेलले २१ हजार ७४ मत प्राप्त गरेका छन् ।

उनी हाल १६ हजार ५९५ मतको फराकिलो अन्तर सहित अग्रस्थानमा रहेका छन् । नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेल भने ४ हजार ४७९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल २ हजार ८६२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डे ५४० मत प्राप्त गरेका छन् ।
रुपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिका का वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिका का वडा नं. १ देखि ४ गरि कुल २३ वडा समेटिएका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दल तथा स्वतन्त्र गरी कुल ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । मतगणना जारी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्