Spread the love

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डे अग्रता कायम गरेका छन् ।

समाचार तयार पार्दासम्म सार्वजनिक मतगणना परिणाम अनुसार पाण्डेले ९०२३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ५३८७ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका उम्मेदवार रमेश अर्यालले ३२१६ मत पाएका छन् ।

काठमाडौं–३ मा मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्