गुल्मी । गुल्मी जिल्लामा सम्पन्न निर्वाचनमा ५१.३६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका कुल २ लाख २९ हजार ५४९ मतदातामध्ये १ लाख १७ हजार ९०१ मतदानमा सहभागी भएका हुन ।
मतदान विवरणअनुसार महिला मतदाता ६४ हजार ८९७ जनाले मतदान गरेका छन् भने पुरुष ५३ हजार २ जनाले मतदान गरेका छन् । यस्तै अन्य तर्फ २ जना मतदाताले मतदान गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
जिल्लाभरि अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाइएको छ। मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गरी सुरक्षित स्थानमा राख्ने तथा मतगणनाको तयारी सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।





















