काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं. १ मा रन्जु न्यौपाने विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ३ हजार ९६२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहनराज रेग्मीले १ हजार ९६८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीकी मेनुका भण्डारीले २०९ मत पाएकी छन् ।





















