भैरहवा, १९ फागुन ।
लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमितिले मंगलबार सिद्धार्थनगरस्थित संघको सचिवालयमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । “निर्माण व्यवसायको सम्मान गरौँ, निर्माण व्यवसायी हुनुमा गर्व गरौँ” भन्ने नारासहित स्थापित संघले आयोजना गरेको कार्यक्रममा पदाधिकारी तथा सदस्यहरूबीच आपसी सद्भाव साटासाट गरिएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार जबिन कक्षपति, उपाध्यक्ष रमेश बेल्बासे, सचिव राजन ज्ञवाली लगायतले एकअर्कामा होलीको रंग लगाउँदै शुभकामना आदानप्रदान गरेका थिए । सहभागीहरूले होली पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने पर्व भएको उल्लेख गर्दै आपसी एकता, सहकार्य र व्यवसायिक मर्यादालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
संघले सास्कृति पर्व र संस्कारहरुलाई वार्षिक रुपमा मनाउदै आएको छ । यसबाट व्यवसायीहरूबीच सहकार्य, एकता र आत्मीयता अभिवृद्धि हुने संघका उपाध्यक्ष रमेश बेल्बासेले बताए ।




















