Spread the love

बुटवल, १९ फागुन ।
रुपन्देहीको देवदहमा गएराती भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुने देवदह नगरपालिका वडा नं. ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन विष्टले जानकारी दिए ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१–००१ ख ०८१६ नं को बसले विपरित दिशा तर्फ आउँदै गरेको लु ९२ प ७९९० नं को स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिएको हो । दुर्घटनामा परि देवदह–५ कै २८ बर्षिय कृष्ण पाईजा घाइते भएका छन् ।

राती १० ः ३० बजे बसले स्कुटरलाई ठक्कर दिएको र तत्काल उद्धार गरि पाण्डे र पाइजा दुवैजनालाई स्थानीय देवदह मेडिकल कलेज भलुही पुर्याइएपनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्