बर्दघाट, ९ फागुन ।
आगामी फागुन २१ गते हुन गइरहेको सँसदिय निर्वाचनको मिति नजिकिँदै जाँदा बर्षौदेखी क्रियाशिल रहेको दलका नेता कार्यकर्ताले धमाधम पदबाट राजिनामा दिएका छन । राजिनामा दिनेमा नेपाली काँग्रेसका अधिकाँश नेता कार्यकर्ता रहेका छन । शनिबार तरुण दल नवलपरासीका सह सचिव सुरज भट्टराइले पदबाट राजिनामा दिएका छन ।
भट्टराइले पार्टीभित्र पूँजीबादी शक्ति हावी भएको र वर्षौदेखी पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमुल्यन गरिएको भन्दै असन्तुष्टि जनाउँदै राजिनामा दिएको फेसबुक मार्फत जानकारी दिएका हुन । काँग्रेस सिद्धान्त र देशको परिवर्तनको पक्षमा जिम्मेवार नभएको र कार्यकर्ताको गुनासो सुन्न नेतृत्वकर्ताहरुमा फुर्सद समेत नभएको भन्दै नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको जिल्ला अध्यक्षलाई सम्बोधन गरि लेखिएको राजिनामा पत्रमा उल्लेख छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सुस्ता गाँउ पालिका उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी परित्याग गरेको विज्ञप्ती मार्फत जनाएका छन । उनी जिल्ला सभापति महेन्द्र सिँह ठकुरीका दाजु समेत हुन । उनले पार्टीको भनाइ र गराइ पारदर्शिता नभएको र अवसरबादीहरुको चुँगलमा पार्टि फँसेको बताउँदै साधारण सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको विज्ञप्ती मार्फत जनाएका हुन ।
यसअघि नेपाली काँग्रेसका जिल्ला सदस्य ध्रुवराज जमरकट्टेल, बर्दघाट नगर सभापति दामोदर जि.सी., काँग्रेस क्षेत्र नम्बर १ सचिव बालिन्द्र विक्रम शाही, बर्दघाट नगर सह सचिव हरि प्रसाद अधिकारी, भवानी शँकर भट्टराइ, सुधिर पौडेल लगायतले पार्टी परित्याग गरेका थिए ।






















