पोखरा, ८ फागुन ।पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकप फुटबलमा जावलाखेल युथ क्लब फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जावलाखेल फाइनलमा प्रवेश गरेको हो ।
उपाधिका लागि जावलाखेलले आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नेछ । फाईनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजकले बताएको छ ।
सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने अयोजकले बताएको छ ।





















