बुटवल, ३ फागुन।
चैतन्य एकेडेमी नेपालको बुटवल शाखाले महाशिवरात्रि पर्वसंगै आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा जलपान एवं प्रसाद वितरण कार्यक्रम गरेको छ । एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तरगत योगीकुटीस्थित देवस्थल शिवालय मन्दिरमा दर्शनार्थीहरुलाई जलपान वितरण गरेको संस्थाका व्यवस्थापक दीपक ढकालले बताए ।
कार्यक्रममा दर्शनार्थी भक्तजनहरूको व्यवस्थापनका साथै दूध, फलफूल, पिउने पानी लगायतका सामग्री प्रदान गरेको उनले बताए । मन्दिर परिसरमा दिनभरि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो भने स्वयंसेवकहरूले अनुशासित र व्यवस्थित ढंगबाट सेवा दिएका थिए ।
मन्दिर दर्शन गरिसकेका भक्तजनहरुलाई प्रसाद वितरणमा समेत सहयोग गरेको उनले बताए । चैतन्य एकेडेमी बुटवलले वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । संस्थाले शिक्षा र सामाजिक सेवालाई सँगसँगै अघि बढाउने उद्देश्यका साथ समुदायसँग सहकार्य गर्दै आएकोे छ ।
चैतन्य एकेडेमी बुटवलले विगत एक वर्षदेखि स्थानीय स्तरमै नासु, खरिदार, शाखा अधिकृत, शिक्षक सेवा, बैंकिङ तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ । साथै उपसचिव र सहसचिवसम्मका लागि नमुना परीक्षाहरू सञ्चालन गरी सम्पूर्ण शैक्षिक सेवा प्रदान गरेको छ ।






















