Spread the love

पाल्पा, ४ फागुन ।
दोभान कुडापानीका गृहिणीहरुलाई शसक्तिकरण गर्दै आयआयर्जनमा जोड्ने गरि तालिम दिईएको छ । तिनाउ गाउपालिका दोभान, पाल्पाको आयोजना, गरिबि निवारणका लागि लघु उद्यम विकास तालिम (मेड्पा) को आयोजनामा ब्यवसाय शुरु गर्न चाहने उद्यमीहरुलाई ब्यवसाय तालिम र १ दिने लैङिक समानता तथा सामाजिक समावेशिकरण तालिम सम्पन्न दिईएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिकाईको बाटो खोल्ने काम तालिमबाट भएको बताए । स्थानिय गृहिणीहरुको माग अनुसार तालिम दिएको भन्दै ब्यवसायिक रुपमा अघि बढ्न सुझाव दिए । गाउघरका हस्तकलाका सामग्री अन्तराष्ट्रिय बजारमा माग रहेको भन्दै उनले यसको प्रोत्साहनमा पालिका लागेको बताए । सीप सिकाएर दक्षता अभिवृद्धिसंगै आवश्यक सामग्रीहरु समेत दिने उनले प्रतिवद्धता जनाए । पालिकामा आफुहरुले साढे ३ सय बढीलाई तालिम दिएको स्मरण गर्दै लगानी अनुसारको प्रतिफल नआएको दुखेसो गरे ।

पछिल्लोसमय तालिमको प्रभावकारीतालाई हेर्दै संघिय सरकारबाट बजेट घटाएको उनले बताए । स्थानिय पालिकाबाट नै सीप सिक्ने र ब्यवसायिक बन्ने गृहिणीहरुलाई एडभान्स तालिम दिने बजेट बिनियोजन गरेको समेत उनले बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष रहेका ओम बहादुर घर्तिमगर, पूर्व वडाअध्यक्ष रोम बहादुर लम्तरीले सिकाईलाई ब्यवहारमा उतार्ने गरि अघि बढ्न सुझाव दिए । उद्यम विकास सहजकर्ता (ईडिएफ) सीता भण्डारीले तालिममा सहजिकरण गर्दै महिला कार्यक्रममार्फत व्यवसाय योजना निर्माण, बजार पहिचान, लागत तथा आम्दानी विश्लेषण, उद्यम दर्ता प्रक्रिया लगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिन ।

तालिममा सहभागी गणेश कुमारी उचैले एक हप्ते तालिममा ब्यवसाय शुरुवात गर्ने विषयमा धेरै ज्ञानहरु सिकेको बताईन । ब्यवसाय गर्दा लगानीको अनुपातमा नाफा घाटाको तुलना गर्दै जानसके जोखिम ब्यवस्थापनमा सहजनता आउने विषयमा जानकारी पाएको उनले बताईन ।

कुडापानीकी बिनिता उचैले एक हप्ते हस्तकलाका सामाग्री बुनाईमा केवल सीपमात्र नभई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणबारे बुझन पाएको बताईन । मोजा, सुईटर लगायत हस्तकला हुदै भविष्यमा थप तालिम चलाएर मेशिन भित्राउने गरि लाग्ने उनले बताईन ।

एकदिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिममा महिला, दलित, विपन्न तथा सीमान्तकृत समुदायको उद्यमशीलतामा पहुँच र सहभागिता अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो । गाउँपालिकाले स्थानीयस्तरमा रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आयआर्जन वृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्