Spread the love

बुटवल, २ फागुन ।
कालिका मानवज्ञान माबिमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिने गरि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ ।

लेक्स नेपाल, लिगल एड्भोकेसी फोरम तथा लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको अधिवेशनमा रुपन्देहीमा कानून विषय पढाई हुने ४ वटा विद्यालयको विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुविच गरिएको प्रत्यक्ष निर्वाचनबाट छनौट भएर आएका ४५ जना विद्यार्थीहरुले सभामुख, संघीय सरकारका मन्त्री र संसद सदस्यको भुमिका निर्वाह गरेका थिए ।

नमूना अधिवेशनमा शून्य समय, विशेष समय, विधेयक माथिको छलफल, प्रश्नोत्तर र मन्त्रिको जवाफ जस्ता सेसन सञ्चालन भएका थिए । त्यहाँ सांसदहरुले विभिन्न जिल्लाका आर्थिक, भौतिक र वातावणीय समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

नमूना संसद अधिवेशनको उदघाटन सत्रमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले हरेक विद्यार्थी देशको शासकिय पद्धतिको बारे जानकारी हुनुपर्ने बताए । विद्यार्थीहरुलाई नमूना संसद कार्यक्रम सहयोगी हुने बताए । कालिका माबिका प्रधानाध्यापक दिनेश थापाले कानूनका विद्यार्थीहरू परिवर्तनका वास्तविक सम्बाहक हुने बताए ।

अदालती दाउपेच मात्र जानेर नहुने हुदा विद्यार्थीहरुको चौतर्फी विकासको लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने उनको दाबी छ । बुटवल कालिका क्याम्पसको क्याम्पस प्रमुख घनश्याम पाठक र लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीका प्रकाश अधिकारीले नमूना संसदीय अभ्यासले लोकतान्त्रिक व्यवस्थालाई बुझ्न र त्यसमा संलग्न हुन मद्दत पुग्ने बताए ।

कार्यक्रममा कानून समूहका ईन्चार्ज विमल आत्रेय, लेक्स नेपालका सञ्जोक न्यौपाने, सैनामैना माविका शिक्षक लता खड्का, शिक्षक युवराज कँडेलले सहजीकरण गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्