Spread the love

बुटवल ,२ फागुन । रुपन्देहीमा जारी ७औँ खड्ग प्रसाद गौचन स्मृति यु–१९ अन्तर एकेडेमी एकदिवसिय राष्ट्रियस्तर क्रिकेट प्रतियोगितामा वेष्ट्रन क्रिकेट एकेडेमी विजयी भएको छ।शनिबार भएको खेलमा वेस्टर्नले रुपन्देही क्रिकेट एकेडेमीमाथि २ विकेटको जित निकालेको हो ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देही क्रिकेट एकेडेमीले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो।
रुपन्देहीका लागि समीर अली ले ३६ बलमा २९ रन, अब्दुल साउद खान ले ५९ बलमा २८ रन तथा अजय खानले ३० बलमा १८ रन बनाए। वेस्टर्नका केशव रायमाझीले ४, सागर गैरेले ३ विकेट तथा सुप्रिम कंडेलले २ विकेट लिए।
जवाफमा ब्याटिङ गरेको वेस्ट्रनले ३२.१ ओभरमा जित निकाल्यो । वेस्ट्रनका लागि ऋषभ बेलबासे ले २४ बलमा ३७ रन, अस्फाक खान ले ६१ बलमा अविजित ३२ रन तथा सृजन गैरे ले २७ बलमा १६ रनको योगदान दिए। रुपन्देहीका सुजन रानाभाटले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए। खेलमा केशव रायमाझी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए। आईतबार न्यू होराईजन स्पोर्टस क्लब र पोखरा क्रिकेट एकेडेमीका बिचमा खेल हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्