Spread the love

काठमाडौं,२९ माघ । आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। कमजोर ब्याटिङ र प्रभावहीन बलिङका कारण नेपालले हार बेहोर्न पुगेको हो ।

नेपालले प्रस्तुत गरेको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.३ ओभरमै बिना विकेट क्षति पूरा ग¥यो। इटालीका ओपनर दाजुभाइ जस्टिन मोस्का र एन्थोनी मोस्काले उत्कृष्ट साझेदारी गर्दै नेपाली बलरमाथि दबाब बनाए। जस्टिनले ६० रन बनाउँदा एन्थोनीले ६२ रन जोड्दै टिमलाई सहज जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै समेटिएको थियो । आरिफ शेखले २७ रन बनाउँदा कप्तान रोहित पौडेलले २३ रन जोडे। आसिफ शेख (२०), दीपेन्द्र सिंह ऐरी (१७) र करण केसी (अविजित १८) ले केही योगदान दिए पनि ठूलो साझेदारी नबन्दा नेपाल प्रतिस्पर्धी स्कोर खडा गर्न असफल भयो ।
इटालीका क्रिशान कालुगामाजले ३ विकेट लिए भने बेन मानेनटीले २ विकेट झारे । जेजे स्मुट्स, जसप्रित सिंह र अली हसनले समान एक–एक विकेट लिए ।
यो हारसँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना जटिल बनेको छ । नेपालले अब आइतबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ भने फेब्रुअरी १७ मा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ ।
पहिलो पटक विश्वकप खेलिरहेको इटालीले भने नेपालमाथि ऐतिहासिक जित दर्ता गर्दै प्रतियोगितामा पहिलो अंक जोड्न सफल भएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्