Spread the love

बुटवल, १८ माघ ।

देवदहमा जारी यु–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा वेष्ट्रन क्रिकेट क्लबले उपाधि दाबेदारी पेश गरेको छ । आईतबार भएको पहिलो सेमीफाईनल खेलमा देवदह क्रिकेट क्लबलाई १ विकेटले पराजित गर्दै वेष्ट्रन फाईनलमा प्रवेश गरेको हो । सोमबार हुने स्टार क्रिकेट एकेडेमी र तिलोत्तमा क्रिकेट क्लबको विजेतासंगै उपाधिका लागि वेष्ट्रनले फाईनलमा प्रतिस्प्रर्धा गर्नेछ ।

देवदह क्रिक्रेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै देवदहले ३४.५ ओभरमा १०६ रन बनायो । देवदहका सुप्रिम सुनारले ६० बलमा ३४ तथा दिप्सन थापाले २८ बलमा १२ रनको योगदान दिए । कम स्कोरमा रोक्न वेष्ट्रनका सुप्रिम कंडेलले ४ तथा केशव रायमाझीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वेष्ट्रनले ३४.१ ओभरमा जित निकाल्यो ।

वेष्ट्रनको जितमा आर्यन पाण्डेले ५३ बलमा ३० तथा अनिष यादवले ५९ बलमा २३ रनको नटआउट पारी खेले । देवदहका शशिधर टण्डनले ५ तथा सुरज खड्काले २ बिकेट लिएपनि जित निकाल्न सकेनन । खेलमा आर्यन पाण्डे प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको आयोजक स्टार क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक तथा पूर्व खेलाडी शक्ति गौचनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्