काठमाडौं,४ मंसिर
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।





















