डोल्पा,१६ कार्तिक ।
डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धार गरिएको छ । कात्तिक १४ गते देखि हिमपातका कारण सम्पर्कविहीन भएका उनीहरुलाइ सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका पर्यटकहरुलाइ जिल्ला सदरमुकाम दुनै ल्याएको सबैको अवस्था सामान्य रहेको छ ।






















