Spread the love

दाङ । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अधिकार प्राप्त गरेका छन्।

समितिका अनुसार साविक गोबरडिया गाविस वडा नम्बर ६ ख (हाल गढवा गाउँपालिका–३) का पाँच परिवार, साविक सोनपुर ५क (हाल लमही नगरपालिका–३) का दुई परिवार र साविक लालमटिया ३त (हाल राप्ती गाउँपालिका–१) का एक परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो।

लामो समयदेखि आफ्नो नाममा जग्गा नहुँदा स्वामित्वको अधिकारबाट वञ्चित रहेका परिवारले लालपुर्जा पाएपछि जग्गामाथिको कानुनी अधिकार सुनिश्चित भएको छ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको छ। उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने र भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यअनुसार लालपुर्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाइएको जनाइएको छ।

भूमिहीन परिवारलाई जग्गाको स्वामित्व प्रदान गर्ने कार्यले उनीहरूको आवासीय सुरक्षा सुनिश्चित गर्नुका साथै सामाजिक तथा आर्थिक स्थायित्वमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

">
Bajaj Grand Exchange Mela