Spread the love

काठमाडौं । स्पेनमा दुई तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको छ। बुधबार राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो।

कास्टिला–ला मन्चा क्षेत्रीय सरकारले दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ। स्पेनको सार्वजनिक प्रसारण संस्था आरटीभीईका अनुसार उर्दा नजिकै भएको दुर्घटनामा निजी रेल कम्पनी इर्योका दुईवटा डिब्बा लिकबाट उछिट्टिएर रेलमार्गछेउको भिरबाट तल खसेका थिए। दुर्घटनामा परेको अर्को रेल सरकारी स्वामित्वको रेन्फे कम्पनीको रहेको जनाइएको छ।

दुर्घटनापछि म्याड्रिड र दक्षिणी अन्डालुसिया क्षेत्रबीच दुवैतर्फको रेल सेवा स्थगित गरिएको छ। रेल पूर्वाधार सञ्चालक एडिफले रेल सेवा अवरुद्ध भएको जानकारी दिएको हो । दुर्घटनाको कारण र थप मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्