बुटवल । सामाजिक सेवामा सक्रिय हुने उद्देश्यसहित स्थापना भएको युनाइटेड भिजन नेपालले बडादशैँ, तिहार, छठ पर्व २०८३ तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेपाली समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुनिल श्रेष्ठले युनाइटेड भिजन नेपाल सामाजिक सेवासँगै यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने उद्देश्यले अघि बढेको बताए । उनले विकास निर्माण, पर्यटन प्रवद्र्धन, शिक्षा र खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विभिन्न अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजको सकारात्मक परिवर्तनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा रहेका सम्भावना र अवसरको पहिचान गरी तिनको उपयोग गर्न संस्थाले पहल गर्ने बताए । उनले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समुदायको हितमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजनासमेत रहेको बताए । युनाइटेड भिजन नेपालले सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै स्थानीय विकासका सवालमा जनचेतना अभिवृद्धि गर्ने, विभिन्न क्षेत्रका सरोकारवालाबीच सहकार्य बढाउने तथा समाजमा सकारात्मक परिवर्तनका लागि अभियान सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ ।
यसैबिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको निर्वाचनबाट सदस्य पदमा विजयी संस्थाका सचिव गोपाल प्रसाद बश्याललाई संस्थाका उद्योग वाणिज्य तथा संघ संस्था समन्वय समिति संयोजक महेश थैवले सम्मान गरेका थिए । कार्यक्रममा सहभागीहरूले एकआपसमा विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा एकअर्कामा शुभकामना आदानप्रदान गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा बुटवल उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक ज्ञवाली, विशेष सरकारी वकिल कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता मोहन सागर बश्याल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवको समेत उपस्थिती रहेको थियो । संस्थाका खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक नरेश श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा महासचिव रोम शर्माले संस्था स्थापना र आगामी योजनाबारे प्रकाश पारे ।
भिडियो रिर्पोट






















