बुटवल, ३१ असोज ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ३, रूपन्देहीमा पदस्थापन, सम्मान, शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सद्भाव, सहकार्य र संगठनात्मक एकतालाई थप सुदृढ बनाउने उदेश्यका साथ गरिएको कार्यक्रममा नवनिर्वाचित वडासभापति लक्ष्मण पोखरेललाई निवर्तमान अध्यक्ष रामकृष्ण पछाईले पद स्थापन गरे । पूर्वसचिव केशवराज न्यौपानेले नवनिर्वाचित सचिव लेसबहादुर श्रेष्ठलाई माईन्युड हस्तान्तरण गरे ।
कार्यक्रमको उद्घाटन गर्दै महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपसभापति मुक्तिराज शर्मा पौडेलले वर्तमान देशको राजनीति र युवाको भुमिकाबारे प्रकाश पारे । पार्टीको कार्यक्रमलाई समयसापेक्ष समयको महत्वलाई विशेष ध्यान दिदै छोटोछरितो बनाउनुपर्ने सुझाव दिदै एकअर्कामा आलोचना बन्द समेत आग्रह गरे । ‘पार्टी भित्रबाट सुधार जरुरी छ ।’–उनले भने । समुदाय र जनतासंग सिधै जोडिने गरि कार्यक्रम र योजना ल्याउनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने पार्टीका पूर्वसचिव केशव न्यौपाने र सहसचिव राज कुमार थापालाई विशेष सम्मान गरिएको थियो । यसैगरि वडासभापति रामकृष्ण पछाईलाई नवनिर्वाचित कार्यसमितिले सम्मान गरेका थिए ।
कार्यक्रममा नेविसंघका पूर्वकेन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि महेश शर्मा पौडेल, पूर्वक्षेत्रीय सभापति परशुराम ढकाल, निवर्तमान वडासभापति रामकृष्ण पछाइ, क्षेत्रीय सचिव छाया पोखरेल, पूर्वक्षेत्रीय सहसचिव आनन्द भगत श्रेष्ठ, प्रदेश प्रतिनिधि हरिनारायण मिश्र र मनिष श्रेष्ठ, प्रदेश सदस्य धनमाया रोकाहा, सल्लाहकार अम्बु प्रसाद श्रेष्ठ तथा महिला सभापति पुष्पा शर्मा ढकाल लगायतले शुभकामना दिए ।






















