काठमाडौं, २१ कार्तिक ।
यमपञ्चकको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार मनाइँदैछ । यमराजको दूतका रूपमा मानिने कागलाई बिहान मीठा खानेकुरा दिएर पूजा आराधना गरी यो पर्व मनाउने परम्परा छ ।
यमराजले लोकको खबर कागमार्फत थाहा पाउने धार्मिक विश्वासअनुसार कागलाई खुसी पार्न मीठा खानेकुरा दिने चलन रहेको छ । यस अवसरमा काठमाडौंको कागेश्वरी महादेव मन्दिरलगायत विभिन्न स्थानमा विशेष पूजा आराधना गरिँदैछ । तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो ।





















