Spread the love

काठमाडौं,२१ कार्तिक ।

नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउने उद्देश्यले ‘भिजिट नेपाल’ अभियान सुरु गरिएको छ । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा शुक्रबार सुरु भएको अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ ।

अभियानमार्फत डिजिटल कन्टेन्ट क्रियटर र सामाजिक सञ्जालको प्रयोग गरी नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय कन्टेन्ट क्रियटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वभर साझा गरिरहेका छन् ।

उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहनेछन् ।अभियानमा छुट्टै ह्यासट्याग पृष्ठ सञ्चालन गर्नुका साथै नेपाली कलाकार तथा स्थानीय सिर्जनाकर्मीसँग सहकार्य र पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण समेत गरिने पर्यटन बोर्डले जनाएको छ । यस अभियानले नेपालको पर्यटन प्रवद्र्धनसँगै स्थानीय व्यवसायी तथा कन्टेन्ट क्रियटरलाई डिजिटल अर्थतन्त्रसँग जोड्न सहयोग पुग्ने बोडर्को अपेक्षा रहेको छ ।

">
Bajaj Grand Exchange Mela