Spread the love

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसममा आंशिक बदलीसँगै हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा यात्रा गर्ने तथा पदयात्रामा निस्कनेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

 

">
Bajaj Grand Exchange Mela