Spread the love

बुटवल, २१ कात्तिक ।
रगत अभाव भैरहेको बेला नेपाल नियमित रक्तदाता संघ केन्द्रीय कार्यसमितिको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको नियमित रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवालले बताए । ‘टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान’ भन्ने नारासहित संस्था नियमित रक्तदानका साथै सचेतना कार्यक्रम चलाउदै आएको उनले बताए ।

कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष एवं बुटवल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नरिश्वर शर्मा पौडेलले ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे ।

कार्यक्रममा बुटवल ब्याडमिन्टन क्लबका वरिष्ठ उपाध्यक्ष शम्भु भट्टराईले आफनो जन्मदिनमा रक्तदान गरि मनाएका छन । जन्मदिनमा पुण्य कामका रुपमा रक्तदान कार्य भएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखाअन्तर्गतको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) बुटवलमा दीपावलीको शुभकामना आदानप्रदानसहित रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक दीपक अधिकारीले बताए । साइप्रसमा रहनुभएका उमबहादुर सिन्जाली (भावना राना) ले छोराको जन्मदिनको अवसरमा आर्थिक तथा अन्य सहयोग साथै बागेश्वरी मेडिसिन डिस्ट्रिब्युटर्स र पहिचान फार्मेसी बुटवलको पनि सहयोग रहेको थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, संस्थाका उपाध्यक्ष महेश खनाल, कोषाध्यक्ष प्रेमबहादुर सुनार, सचिव मञ्जु गिरी तथा सदस्यहरू राजेश गैरे, राजु रसाइली, गंगा शाह, रूपेन्द्र अधिकारी, बुद्धिप्रसाद ज्ञवाली, सुनिता खड्लुक बराल, संस्थाका सल्लाहकार राजकुमार श्रेष्ठले प्रत्येक महिनाको तेस्रो शनिबार नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै रगतको अभावमा आकस्मिक समस्यामा परेका बिरामीलाई आवश्यक रगत उपलब्ध गराउँदै आएको बताए ।

">
Bajaj Grand Exchange Mela