Spread the love

बुटवल,२१ कार्तिक।

बेलबास युथ क्लबले फुटसल कार्यक्रमबाट बचत भएको रकमबाट १० परिवारलाई आर्थिक तथा न्यानो ब्ल्याङ्केट वितरण गरेको छ । युथ क्लबले बुटवलको मजुवा, रानीगन्ज, बुद्धनगर र टाइगर टोलमा आर्थिक तथा न्यानो ब्ल्याङ्केट वितरण गरेको हो । क्लबका अध्यक्ष विवेक थापा मगरका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरी सहयोग गरिएको हो ।

क्लबले खेलकुद गतिविधिबाट प्राप्त बचत रकम सामाजिक सेवामा खर्च गर्दै विपन्न परिवारलाई राहत प्रदान गरेको जनाएको छ । सामाजिक सेवामा युवाको सहभागिता बढाउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ ।

">
Bajaj Grand Exchange Mela