Spread the love

पाल्पा । रुपन्देहीको सैनामैना फुटबल क्लबले तेस्रो दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । दोभान फुटबल क्लब, तिनाउ गाउँपालिका–२, दोभान पाल्पाको आयोजनामा शनिबार भएको फाइनलमा आयोजक दोभान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सैनामैनाले उपाधि चुमेको हो ।

सैनामैनाको जितमा निशान्त क्षेत्रीले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा क्षेत्रीको गोल नै उपाधि जिताउन पर्याप्त भएको थियो । उपाधिसँगै सैनामैना फुटबल क्लबले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक दोभान फुटबल क्लबले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ तथा आयोजक क्लबका अध्यक्ष विक्रम कुमाललगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

">
Bajaj Grand Exchange Mela