बुटवल, २१ कार्तिक ।
दशौ राष्ट्रिय प्रतियोगिता २०८३ मा सहभागी हुने लुम्बिनी प्रदेशका बास्केटबल खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । लुम्बिनी प्रदेश बास्केटबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनीको समन्वयमा शनिबार ब्रिटिश ग्रामण स्कुल परिसरमा भएको प्रतियोगिताबाट खेलाडी छनौट सम्पन्न भएको हो ।
कार्यक्रममा परिषदका सदस्य सचिव तिरण दाज गौतमले औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा स्कुलका फाउण्डर प्रिन्सिपल राजेन्द्र कुँवर, डाइरेक्टर पुष्पा कंडेल, संघका अध्यक्ष मनिष कुमार ह्याजुले खेलाडीहरुलाई सफलताको शुभकामना दिए । बास्केटबल प्रतियोगितामा ५ जिल्लाका खेलाडीहरु प्रतिस्प्रर्धा गरेको संघका महासचिव विपिन केसीले बताए ।





















