Spread the love

बुटवल, २१ कार्तिक ।
लुम्बिनी प्रदेश भलिबल संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट योग गुरुङको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति सर्वसम्मत भएका छन । शनिबार बुटवलमा सम्पन्न अधिवेसनबाट उपाध्यक्ष कृष्णा कुमारी पाठक, रमेश कर्माचार्य, महासचिव नवल गुरुङ, कोषाध्यक्ष सुरेन्द्र शाक्य, सदस्य प्रकाश श्रेष्ठ, दिपक दमासे, मौसम कुवर, चन्द्र बहादुर बिसी सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक सुमन अधिकारीले बताए ।

कार्यक्रमको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव तिरणराज गौतमले उद्घाटन गर्दै विश्व परिवेशमा खेल विकासक्रमका ३ चरणबारे प्रकाश पारे । नेपालमा गर्जो टार्ने रुपमा शुरु भएको खेल राणाकालसम्म मनोरन्जनात्मक हुदै प्रजातन्त्रको आगमनसंगै ब्यवसायिक रुपमा अगाडी बढेको उनले बताए । खेलकुदमा एकता, खेलमा राष्ट्रियता हुने भन्दै उनले राजनीति र खेलकुद एकअर्कासंगै जोडिएको विषय भएको बताए । देशको आर्थिक समृद्धिमा समेत खेलकुदबाट योगदान मिल्ने उनले दाबी गरे । खेलकुदमा सिगो राजनीति नै परिवर्तन गर्न सक्ने तागत रहने उदाहरणहरु उनले दिए । खेलकुद बलियो बनाउन राजनीति अघि बढाउनुपर्ने उनले बताए । भलिबल खेल गाउमा खेलिने खेल भएको बताए । खेल विकासका लागि खेल पूर्वाधार, प्रशिक्षक र प्रतियोगिता ३ महत्वपूर्ण विषय भएको उनले बताए । प्रत्येक प्रदेशमा अन्तराष्ट्रियस्तरको पूर्वाधार नबन्दासम्म खेल प्रतियोगिता अघि बढ्न सक्दैन र खेल विकास हुन नसक्ने उनले बताए । सरकारबाट मात्र खेल अघि बढ्न सक्दैन । केवल कुल बजेटको ०.१५ प्रतिशत बजेट बिनियोजन भएको हुदा पनि खेल विकासमा कठिनाई रहेको उनले बताए । नीजि क्षेत्रको सहभागिता बिना खेलकुद अपुरो हुने उनले बताए । क्रिकेट, भलिबल लगायतका खेलमा नीजि क्षेत्रबाट एकेडेमी संचालन गरेर खेल विकासमा योगदान दिएको उनले बताए । प्रदेशमा अहिलेसम्म ८ खेल प्रतियोगिता छनौट भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष योग गुरुङले वार्षिक कार्यप्रगति विवरण पेश गर्दै खेल विकास र खेलाडीलाई प्लेटफर्म दिने गरि महत्वपूर्ण कार्यहरु गरेको बताए ।

कार्यक्रममा ब्यापार संघ रुपन्देहीका उपाध्यक्ष दया भण्डारीले खेलकुद क्षेत्रमा पर्याप्त लगानी नहुदा चाहेजति प्रतिफल निकाल्न नसकिएको उनले बताए । खेलमार्फत पर्यटन विकास गर्न सकिने भएपनि त्यसतर्फ सरकारको आवश्यक पहल र लगानी आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा भलिबल संघका सल्लाहकार टुक बहादुर क्षेत्रीले नेपालमा नै सबैभन्दा धेरै रुचाईएको खेलमध्ये एक भएको बताए । संघमार्फत प्रतिभा पहिचान गरि खेल विकास अग्रसर गराउने कामलाई प्राथमिकतामा राखेर लाग्नुपर्ने उनले बताए । कुना काप्चामा लुकेर रहेका खेलका प्रतिभावान खेलाडीहरुलाई अवसर दिन जरुरी रहेको उनले बताए । मणिमुकुन्द कलेजमार्फत खेलाडी उत्पादनमा थोरै भएपनि योगदान दिदै आएको उनले बताए ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष भिम वलीले ऐन नियम अनुसार गतिविधि र कार्यक्रम तालिमलाई अघि बढाउनेमात्र नभई थप रचनात्मक कार्यहरुमा समेत लाग्न जरुरी देखिने बताए । नेतृत्वलाई कार्यसमितिसहित खेलप्रेमीहरुको सहयोग र सहकार्यमा सधै जरुरी रहने भन्दै उनले खेल गतिविधिमा लाग्न समेत सुझाव दिए ।

कार्यक्रममा उपाध्यक्ष याम गुरुङ, उपाध्यक्ष भरत शाह, सचिव झग बहादुर मिदुन, सदस्य किशोर आचार्य, निल क्षितिज, लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष रमेश कर्माचार्य, रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष राम बहादुर थापाले खेल क्षेत्र एकमात्र यस्तो क्षेत्र जसमा सबैलाई जोड्न सकिने हुदा पनि यसमा सरकारको लगानी पर्याप्त भैरहेको उनले बताए ।

भिडियो रिर्पोट

">
Bajaj Grand Exchange Mela