Spread the love

बुटवल, २९ असोज ।
विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत ११४७ तथा छठ पर्व २०८३ को अवसरमा बुटवलमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा विहिबार शिवनगरस्थित क्लबको कोर्टमा भएको प्रतियोगितामा ए लेभलतर्फ नारायण तिवारी र विकास हमालको जोडीले उपाधि चुमे । फाईनलमा यादव भण्डारी र जिवकान्त काफ्लेको जोडिलाई पराजित गर्दै तिवारी र हमालको जोडी विजेता बनेका हुन ।

यसैगरि बि लेभलतर्फ दिनेश प्रधान र खेम खातीको जोडी विजेता बने । प्रधान र खातीको जोडीले बसन्त ज्ञवाली र झग बहादुर खण्डलुकको जोडीलाई फाईनलमा २–१ सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

यसैगरि सि लेभलमा प्रमोद सिमागैडा र पवन सिमागैडाको जोडी विजेता बने । फाईनलमा सिमागैडाको जोडीले एजाज आलम र धन कुमार श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव, एम्पायर अर्जुन कार्की, महासचिव रोहित पुरीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष नरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष बोनिन पिया, सल्लाहकार महेश थैवले शुभकामना दिए । प्रतियोगिताको कपमा ए, बि, सि क्याटगरीमा गरि १८ टिमले प्रतिस्पर्धा गरेको संयोजक सन्जिप पियाले बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्