Spread the love

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के नियुक्त भएका हुन् ।

नियुक्तिपछि नवनियुक्त सदस्यहरूले काउन्सिल सदस्यका रूपमा आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिएन । काउन्सिलले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको दर्ता तथा व्यावसायिक आचारसंहितासहितका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्