काठमाडौं,२६ भदौ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको र उनीहरूमाथि छानबिन भइरहेको बताईन । घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा।
सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा। अजय शाहसहितको पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन भइसकेको मन्त्री मेहताले जानकारी दिइन्।






















