Spread the love

बुटवल, २५ भदौ ।
नेपाल मगर युवा संघ रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन भदौ २७ गते शनिबार बुटवलमा हुने भएको छ । बिहीबार देवदहमा पत्रकार भेटघाट गरि अधिवेसनको तयारी अन्तिम चरणमा रहेको संघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी मगरले बताए । सुख्खानगरस्थित अमर भवनमा हुने अधिवेसनमा जिल्लाका विभिन्न गाउँ तथा नगर समितिबाट प्रतिनिधि तथा पर्यवेक्षकसहित आयोजक समितिका गरी करिब ६० जना युवाको सहभागिता रहने उनले बताए ।

रुपन्देहीमा बिसं २०६६ सालमा पहल सिं राना मगरको नेतृत्वमा नेपाल मगर युवा संघ रुपन्देहीको तदर्थ समिति गठन भएको थियो । त्यसपछि २०६७ सालमा नरेश पुन मगरको नेतृत्वमा अर्को तदर्थ समिति गठन भए पनि दुवै समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी २०७९ साउन २९ गते नेपाल मगर संघ रुपन्देहीको रोहवरमा नेपाल मगर युवा संघ रुपन्देहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भई १८ सदस्यीय बर्तमान समिति बनेको र यहि समितिले दोस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष बिरु रानाले जानकारी दिए ।

संघले जिल्लाका विभिन्न पालिकामा रहेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । यस्तै, बलिहाङ पर्वलगायत मगर समुदायका सांस्कृतिक पर्वलाई संस्थागत रूपमा मनाउने परम्पराको सुरुवात गरेको र मातहतका समितिलाई प्रशिक्षण, अधिवेशन तथा भेला आयोजना समेत गरेको थियो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति नेपाल मगर युवा संघ रुपन्देहीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बाढीपीडितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संघको तर्फबाट २६ हजार ५ सय ५० रुपैंया सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्