Spread the love

बुटवल । ‘जहाँ दुःख छ, त्यहाँ लायन्स पुग्छ’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि लायन्स डिस्ट्रिक्ट ३२५ ‘पि’को राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरिएको छ । डिष्ट्रिक गभर्नर स्पाउस नेहा गुप्ता कसौधनलगायत पिडिजी स्पाउसको संयुक्त पहलमा उक्त रकम राहत कोषमा हस्तान्तरण गरिएको हो ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले राहत संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको जनाइएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यका साथ सेवाको अभियानलाई निरन्तरता दिएको डिष्ट्रिक गभर्नर स्पाउस नेहा गुप्ता कसौधनले बताईन ।

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था र सामाजिक क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्