Spread the love

बुटवल, १९ भदौ ।
अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एन्ड फेस्टिभलका लागि प्रदेशस्तर खेलाडी छनौट सम्पन्न भएको छ । दुई दिनसम्म रुपन्देहीमा चलेको सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट १७ जना खेलाडीहरु केन्द्रिय छ्नौटको क्लोज क्यापमा परेका छन ।

रुपन्देहीको तिलोतमा–११ भुपु सैनिकमा भएको छनौटमा गण्डकी प्रदेशबाट अर्नोल क्षेत्री, विबेक गुरुङ, खुमराज थापा, आयुषमान गुरुङ, निश्चल गुरुङ, मिनोस हाण्डा, प्रिन्स गुरुङ, बिबेक गर्बुजा र गोलकिपरमा बिजोन बसेल परेका छन ।

यसैगरि लुम्बिनी प्रदेशबाट शक्ति बोहरा, लिजन गुरुङ, आदित्य गुरुङ, कर्मराज राई छनौटमा परेका छन । सुदुरपश्चिमबाट राम बहादुर रानामगर, चरण ठकुन्ना, बिकास थापा र गोलकिपर गोबिन्द बोहरा छनौट भएका छन ।

छनौटमा परेको खेलाडीहरुले भदौ २१ गते आईतबार अखिल नेपाल फुटबल संघ सातदोबाटो ललितपुरमा हुने छनोट कार्यक्रममा सहभागी हुने छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्