Spread the love

बुटवल, १७ भदौ ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि बुटवलका मुस्लिम समुदायले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । बुटवलमा ११३ वर्षको इतिहास बोकेको रजा–ए–मुस्तफा मस्जिद समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ नागरिकले ज्यान गुमाएको र हजारौँ परिवार प्रभावित तथा विस्थापित भएको भन्दै मानवीय सहयोगस्वरूप रकम प्रदान गरिएको रजा–ए–मुस्तफा मस्जिद समितिका अध्यक्ष हाजी अब्दुल सहमदले बताए ।

उनका अनुसार इस्लाम धर्मावलम्बीका धर्मगुरु हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०१ औँ शुभ जन्मोत्सवका अवसरमा विभिन्न सामाजिक गतिविधि सञ्चालन भइरहेका बेला देशमा आएको विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै सहयोग रकम संकलन गरिएको हो । समितिले विपद्को यस कठिन समयमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्