बुटवल, १५ भदौ । न्यू होराइजन स्पोर्टस् क्लब बुटवलको तेस्रो अधिवेशनले चेतन बहादुर उचै ठकुरी अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । अधिवेसनबाट क्लबको वरिष्ठ उपाध्यक्ष बालकृष्ण बस्याल, उपाध्यक्ष लीला खनाल, सचिव मिलन राना, कोषाध्यक्ष कुशल बस्याल, सहसचिव नरेन्द्र कुमार सारु र सह कोषाध्यक्ष मिनु प्रसाद पौडेल निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा जिवलाल ज्ञवाली, श्रीमणि न्यौपने, सोमबहादुर थापा, मनोज गुरुङ, हिमकुमारी थापा, अम्बिका राना, खुशी खांड र महेन्द्र बहादुर सुनार निर्वाचित भएका छन् ।
क्लबमा ८२ जना सदस्य, २ जना आजीवन सदस्य रहेकामा वार्षिक साधारणसभाकै अवसरमा विद्यालयका निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय र निवर्तमान उपप्राचार्य बालकृष्ण भण्डारीले क्लबको आजीवन सदस्यतता लिने घोषणा गरेका थिए ।





















