Spread the love

भैरहवा । भैरहवा ब्याडमिन्टन क्लब, भैरहवाको दोस्रो साधारणसभा तथा अधिवेशनबाट राम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। तीन वर्षे कार्यकालका लागि अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध चयन भएका हुन्।

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा गणेशबहादुर क्षेत्री, सचिवमा दीपेन्द्रमान श्रेष्ठ, कोषाध्यक्षमा देवराज न्यौपाने र सहसचिवमा कमल जिसी रहेका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा शम्भु पन्त, धीरज क्षेत्री, अर्जुन क्षेत्री, ध्रुव लामगादे, तीरबहादुर रोक्का मगर (डार्बिन), अनिल अर्याल, रुपेश झा, मनोज भण्डारी, जीवन थापा र बाबुराम पौडेल निर्वाचित भएका छन्।

क्लबको संरक्षकमा ध्रुवकुमार श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सल्लाहकारहरूमा महेन्द्रकुमार श्रेष्ठ, जनक थापा, विष्णु शर्मा, हरिशचन्द्र श्रेष्ठ, हिरा शाह र तिलक कोइराला रहेका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई क्लबका सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्